+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा (एमाले) सल्यान ‘जरा अभियान’मा व्यस्त : पालिका हुदै टोलसम्म पुगे नेता–कार्यकर्ता

नेकपा (एमाले) सल्यान ‘जरा अभियान’मा व्यस्त : पालिका हुदै टोलसम्म पुगे नेता–कार्यकर्ता
कर्णाली खोज
२ महिना अगाडी

फागुन ६, सल्यान । नेकपा (एमाले) सल्यान, पार्टीले संचालन गरेको ३ महिने ‘जरा अभियान’मा व्यस्त देखिएको छ । पार्टी केन्द्रको निर्देशन र जिल्ला कमिटीको पाँचौ पूर्ण वैठकको निर्णय अनुसार माघ देखी सुरु भएको अभियानमा सबै तहका नेताकार्यकर्ताहरु व्यस्त रहेको एमाले सल्यानकी सचिब पुष्पा कुमारी बोहराले बताईन ।

बिकास र समद्धिको राष्ट्रिय आकांक्षा पुरा गर्न निर्णायक राष्ट्रिय शक्ति आवस्यक हुने र नेकपा (एमाले)लाई उक्त निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागी ३ महिने जरा केन्द्रित अभियान संचालन गरिएको र अभियानले पार्टीमा उत्साह ल्याएको एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेनले बताए ।

माघ महिनामा जिल्लाका सबै पालिका र अधिकांश वडाहरुका भेला, बैठकहरु सम्पन्न भएका र फागुन– चैत भित्र बाँकी वडा, टोल र जबसका भेला, वैठक, अधिबेसन र प्रशिक्षणहरु सम्पन्न गर्नेगरी सम्पूर्ण पार्टीपंक्ति अभियानमा होमिएको एमाले सल्यानका उपाध्यक्ष ओज बहादुर बुढाथोकीले बताए ।

अभियान अन्तरगत हालसम्म जिल्लाको दस स्थानिय तह र वडा तहका बैठक र प्रशिक्षण सँगै ११५ बढि टोल कमिटी गठन र प्रशिक्षण लगाएतका कार्यक्रम सम्पन्न भएको र बाँकी वडा, टोलहरुमा अभियान लिएर जाने पार्टीका पालिका कमिटी अध्यक्षहरुले बताए ।

जरा अभियान अन्तरगत नयाँ सदस्यता वितरण, सदस्यता नविकरण, भेला, वैठक, अधिवेशन र प्रशिक्षण, स्थानियसँग अन्तरक्रिया लगायतका कार्यक्रमहरु संचालन गरेको नेकपा (एमाले)ले उक्त कार्यक्रमहरुले जनमत निर्माण र जनसम्पर्क विस्तार, समस्या पहिचान र समाधान गर्दै आधारभुत तहसम्म पार्टी विरुद्ध फैलाईएको भ्रम चिर्ने उदेश्य रहेको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज