+
Search

ताजा अपडेट +

पपुलर +

विद्यार्थीलाई एसइइमा अभ्यस्त बनाउन नमुना परिक्षा

विद्यार्थीलाई एसइइमा अभ्यस्त बनाउन नमुना परिक्षा
कर्णाली खोज
१ महिना अगाडी

फागुन २२, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपलिका वडा नं ५ का विद्यालयहरूमा वडा स्तरीय  एसइइ नमुना परिक्षा सुरु भएको छ । छत्रेश्वरी गाउँपालिका वडा न. ५ को बार्षिक कार्यक्रम अनुसार बिहीबार देखी वडा स्तरीय एसइइ नमुना परिक्षा सुरु भएको हो ।

नमुना परिक्षामा महेन्द्र माबि पाखापानीका २५ र त्रिभुवन जनता माबि चौरपानीका २५ जना विद्यार्थीहरू सहभागी भएका छन ।

आगामी चैत्र ८ गते देखि हुने  एसइइ परिक्षा प्रति विद्यार्थीहरूलाई  अभ्यस्त बनाउने उदेश्यले नमुना परीक्षा कार्यक्रम संचालन गरिएको छत्रेश्वरी गाउँपालिका वडा नं ५ मा वडाध्यक्ष फौद बहादुर बस्नेतले बताए ।

नमुना परिक्षा बाट एसइइ मा कसरी लेख्ने, समय व्यस्थापन कसरी गर्ने जस्ता कुराहरूमा विद्यार्थीहरू अभ्यस्त हुने र नमुना परिक्षाका क्रममा  विद्यार्थीले गरेका कमजोरीहरू पत्ता लगाइ शिक्षकहरूले पृष्ठपोषण गर्न मिल्ने भएकाले गत बर्ष देखि वडाको एसइइ नजितामा सुधार आएको उनले बताए ।

छत्रेश्वरी वडा नं ५ मा गत बर्ष देखि एसइइ नमुना परिक्षा कार्यक्रम   सुरु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज