+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानको अधिबेशन सम्पन्न, अध्यक्षमा शाहु

नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानको अधिबेशन सम्पन्न, अध्यक्षमा शाहु
कर्णाली खोज
१ महिना अगाडी

फागुन २४, सल्यान । नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानको अध्यक्षमा भुपाल शाहु निर्वाचित भएका छन । सल्यानको श्रीनगरमा शुक्रबार सुरु भएर शनिबार सम्पन्न भएको संगठनको ११ औं जिल्ला अधिबेशनले साहुलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

अधिबेशनले खुल्ला उपाध्यक्षमा खुमानन्द केसी, महिला उपाध्यक्षमा निर्मला केसी भण्डारी, सचिबमा सुरेश बुढाथोकी, कोषाध्यक्षमा बिमल पौडेल, सहसचिवमा मातृका प्रसाद डिसी, सहकोषाध्यक्षमा अनिता बस्नेत सहित १९ सदस्य जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।

अधिबेशन पछि संगठनको प्रथम बैठक समेत सम्पन्न भएको छ ।

संगठनका सल्यान जिल्ला अध्यक्ष विन्दुर केसीको अध्यक्षतामा सम्पन्न अधिबेसनको उद्घाटन सत्रमा नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय समिति सदस्य तथा सल्यान जिल्ला ईञ्चार्ज रत्न बहादुर बुढा प्रमुख अतिथि, राष्ट्रिय समिति सदस्य प्रेम बहादुर वली बिशिष्ठ अतिथि रहेका थिए भने प्रमुख वक्ताको रुपमा नेकपा एमाले सल्यानका अध्यक्ष भिमबहादुर सेनले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज