भुम प्रकाश भण्डारी

सल्यान ०४, चैत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले घर हुदाहुदै जेष्ठ नागरिकलाई बृद्धाआश्रम राख्न नहुने बताएका छन । सोमबार सल्यानको त्रिबेणी गाउँपालिकाले आयोजना गरेको जेष्ठ नागरिक सम्मान तथा अभिनन्दन कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

“घर हुदाहुदै जेष्ठ नागरिक वृद्धाआश्रम बस्नुपर्ने हाम्रो परम्परा, संस्कार र संस्कृती होइन” उनले भने, “पछिल्लो समय यो परम्परा हराउदै गएकाले जोगाउन जरुरी छ ।”

जेष्ठ नागरिक समाजका अमुल्य गहना भएकाले उनिहरू बाट ज्ञान सीप र अनुभव लिनुपर्ने बताउदै उनले जेष्ठ नागरिकलाई सम्पत्ति हुदासम्म राम्रो व्यवहार गर्ने र सम्पत्ति हस्तान्तरण पछि व्यवहार बदलिन नहुने बताए ।
जेष्ठ नागरिकलाई राज्यले जिम्मेवारी लिदै मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारले एक सयबाट सुरु गरेको समाजिक सुरक्षा भत्ता अहिले चार हजार पुगेकोले राज्यले लिने सहि नितिले सबैलाई लाभ हुने उनले बताए ।
त्रिवेणी गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा जेष्ठ नागरिकहरूलाइ परिचयपत्र वितरण, निशुल्क स्वास्थ्य परिक्षण र अभिनन्दन गरिएको छ ।
प्रतिक्रिया