सल्यान, २७ चैत । सल्यानको छत्रेश्वरी गाउँपालिकामा महिला तथा युवा समुहका प्रतिनिधिहरुलाई स्थानिय योजना निर्माण प्रक्रिया सम्बन्धि अभिमुखिकरण गरिएको छ । स्थानिय तहमा योजना तर्जुमाका चरणहरु, विशेष गरेर कृषि, पशुपन्छी, महिला तथा वालवालिकाको क्षेत्रमा योजना माग गर्दा अपनाउनुपर्ने प्रक्रिया र सामुदायिक नेतृत्व विकास सम्बन्धि अभिमुखिकरण गरिएको हो ।

बुधबार भोटेचौरमा सञ्चालन भएको कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले स्थानीय तहका नीति, योजना, बजेट तथा कार्यक्रम प्रभावकारी ढंगले कार्यान्वयनका लागि युवा तथा महिला समुहको भुमिका महत्वपूर्ण हुने बताए ।

सामाजिक तथा आर्थिक न्यायका लागि समुदाय परिचालन परियोजना अन्तर्गत भएको अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, गैरसरकारी संस्था महासंघ सल्यानका उपाध्यक्ष खडग शाहीले मन्तव्य प्रस्तुत गर्नुहुँदै समावेशी, दिगो समाज स्थापनाका लागि र परिणाममुखी विकास निर्माणका लागि महिला तथा युवाहरुको महत्वपूर्ण भुमिका हुने उल्लेख गरे ।

कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका कृषि विकास शाखा प्रमुख श्री सुदिप खनाल, नेपाल पत्रकार महासंघ सल्यानका सल्लाहकार शंकर केसी, महिला विकास शाखा प्रमुख शारदा वली, उद्यम विकास शाखा प्रमुख निमा बस्नेत लगाएतको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रममा आर्थिक र सामाजिक न्यायका लागि समुदाय परिचालन परियोजनाका जिल्ला संयोजक गुमानसिंह नेपाली र नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शिवलाल डाँगीले अभिमुखिकरण गरेका थिए ।
छत्रेश्वरी गाउँपालिका, दलित विकास समाज सल्यान र आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको साझेदारीमा छत्रेश्वरी गाउँपालिकाको वडा नं ३, ४ र ५ मा आर्थिक र सामाजिक न्यायका लागि समुदाय परिचालन परियोजना कार्यक्रम सञ्चालनमा रहेको पररयोजनाका पालिका सुपरभाइजर लिला वली परियारले जानकारी दिइन् ।
प्रतिक्रिया