पूर्णिमा डिसी

सल्यान ६, वैशाख । शारदा नगरपालिका सल्यानको आयोजना र क्रीकेट संघ सल्यानको समन्वयमा हुने अन्तरपालिका स्तरीय दोस्रो शारदा टि 20 क्रीकेट मेयर कप २०८२ उद्घाटन गरिएको छ ।

शनिबार, खलंगाको लुहापिङ मैदानमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन गरिएको हो ।

शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपमेयर सुस्मिता सापकोटा, शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, सिद्ध कुमाख गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का, त्रीबेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसी, जिल्ला प्रहरी प्रमुख केशर न्यौपाने लगायत शारदा नगरपालिकाका वडाध्यक्षहरू, रेफ्री, खेलाडी, पत्रकार र खेलप्रेमीहरूको उपस्थिती रहेको छ ।
प्रतियोगितामा जिल्लाका कपुरकोट र दार्मा बाहेक सबै पालिकाका ८ टिमले प्रतिस्पर्धा गर्ने छन भने पहिलो खेल आयोजक शारदा नगरपालिका र सिद्ध कुमाख गाउँपालिका बिच हुदैछ ।
प्रतियोगिता वैशाख १५ गते सम्पन्न हुने बताइएको छ ।
प्रतिक्रिया