सल्यान १२, वैशाख । सल्यानकाे बागचाैर नगरपालिका २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा डिजिटल एक्सरे सेवाकाे उद्घाटन गरिएको छ ।

बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतमले शुक्रबार सेवाकाे उद्घाटन गर्नुभएको हो ।

डिजिटल एक्सरे सेवाको उद्घाटन गर्दै नगर प्रमुख जनकराज गाैतमले प्राथमिक स्वास्थ्य केन्द्रमा १० सैयाको नगर अस्पताल र दक्ष जनशक्तिकाे व्यवस्थापनकाे तयारीमा नगरपालिक रहेको बताउनुभयो ।

बागचाैर नगरपालिकाले जनताको मौलिक हकको रुपमा रहेको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । बागचाैर नगरपालिका सँगै छिमेकी पालिकाहरु र छिमेकी जिल्लाका नागरिक काे गुणस्तरीय, सर्वसुलभ तथा सहज स्वास्थ्य सेवा पुर्याउने उदेश्य वमोजिम स्वास्थ्य केन्द्रमा पहिलो पटक डिजिटल एक्सरे सेवा सुभारम्भ भएको नगर प्रमुख गाैतमकाे भनाइ छ ।
कार्यक्रममा नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी वली, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायत, नगर प्रवक्ता दिपेश डि.सी, स्वास्थ्य शाखा प्रमुख विनय डाँगी, सामाजिक विकास शाखा प्रमुख विशाल वली, स्वास्थ्य शाखामा कार्यरत धनबहादुर पुन, स्वास्थ्य केन्द्र प्रमुख हिमाल भण्डारी, स्वास्थ्यकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियाे ।
प्रतिक्रिया