सल्यान १४, वैशाख । दोस्रो शारदा मेयर कप टि २० क्रिकेट प्रतियोगिताको उपाधि बागचौर नगरपालिकाले जितेको छ । प्रथम शारदा मेयर कप टि २० क्रीकेट प्रतियोगिताको विजेता समेत रहेको बागचौरले लगातार दोस्रो पटक उपाधी जितेको हो ।

फाइनल खेलमा कुमाख गाउँपालिकालाई ४ विकेटले पराजित गर्दै बागचौर नगरपालिका विजेता बनेको हो । प्रतियोगिताको विजेता टिम बागचौर नगरपालिकाले नगद रु. १ लाख, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तैे उपविजेता कुमाख गाउँपालिकाले नगद रु. ५० हजार, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

टस जितेर बागचौरले कुमाखलाई ब्याटिङमा निम्त्याएको थियो । कुमाखले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १२७ रन जोड्न सफल भयो । कुमाखको लागी राजेश विकले ४३ वलमा ४७ रन नट आउटको पारी खेलेका थिए भने सुरज बुढाथोकीले २५ बलमा २४ को पारी र जेनिश बुढाथोकीले १५ बलमा १८ रनको पारी खेलेका थिए ।

१२८ को विजय लक्ष्य पछ्याएको बागचौरले आफ्नो इनिङमा १७ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । जसमा किशोर वलीले ३८ वलमा ४९ रनको पारी, निर्मल डाँगीले २५ बलमा १९ रन र सुर्य सुनारले १० रनमा १५ रनको पारी खेलेका थिए ।
बलिङ तर्फ कुमाखका सुमन भडेलले २१ रन खर्चिदै २ विकेट, सुरज बुढाथोकीले २४ रन खर्चिदै २ विकेट, जेनिश बुढाथोकीले १० रन खर्चिदै १ विकेट लिन सफल भएका थिए ।
प्रतियोगिताको बेष्ट ब्याट्समेन कुमाखका सचिन विक, बेष्ट बलर कुमाखकै विष्णु वली, इमरजिङ प्लेयर त्रिवेणीका सुमित भण्डारी, वेष्ट फिल्डर कालिमाटीका विष्णु चौधरी, वेष्ट किपर त्रिवेणीका मोहन केसी, प्लेयर अफ द सिरीज त्रिवेणीका सुरज केसी बनेका थिए ।
त्यस्तै फ्यान अफ द टुर्नामेण्टको रुपमा नविन बस्नेत पुरस्कृत भएका थिए । उप प्रमुख सुस्मिता सापकोटाको अध्यक्षतामा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कुमाख गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकी, सिद्धीबक्स गणका प्रमुख कृष्ण चन्द्र ठकुन्ना, जिल्ला प्रहरी प्रमुख केशर कुमार न्यौपाने, जिल्ला अनुशन्धान सल्यान प्रमुख नेव बहादुर राना, निवर्तमान कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढा, शारदाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, क्रिकेट एशोसियसन अफ सल्यानका अध्यक्ष सविन हमाल, १३ नम्बर वडा अध्यक्ष जंग बहादुर बुढा, कर्णाली प्रदेश क्रिकेटका सदस्य बुलन्दबाबु सेजवाल सहित बागचौर, कुमाख र शारदाका जनप्रतिनिधिहरु, कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
शारदा नगरपालिकाको आयोजना र क्रिकेट एशोसियसन अफ सल्यानको समन्वयमा २०८२ बैशाख ६ गते नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षता र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यितामा उद्घाटन भएको प्रतियोगिता बैशाख १४ गते सम्पन्न भएको हो ।
समापन कार्यक्रमको सहजीकरण शारदाका स्वास्थ्य शाखा प्रमुख बीरेन्द्र हमालले गर्नुभएको थियो ।
प्रतिक्रिया