+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको कर्णाली प्रदेश इञ्चार्जमा डिसी

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको कर्णाली प्रदेश इञ्चार्जमा डिसी
कर्णाली खोज
१ महिना अगाडी

फागुन २३, सल्यान । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको कर्णाली प्रदेश इञ्चार्जमा दिपेन्द्र प्रकाश डिसी निर्वाचित भएका छन । फागुन २२ र २३ गते काठ्माण्डौमा सम्पन्न छैटौं राष्ट्रिय महाधिबेसन बाट केन्द्रिय सचिवालय सदस्य तथा कर्णाली प्रदेश इञ्चार्जमा डिसी निर्वाचित भएका हुन ।

महाधिबेसन बाट अध्यक्षमा बिदुर सुबेदी, उपाध्यक्षमा मञ्जु गुरुड, मो. नइम अन्सारी, महासचिबमा तिलोत्तमा पौडेल, उपमहासचिबमा नरेन्द्र डंगोल, संगठन सचिबमा मधुसुधन सापकोटा, प्रचार सचिबमा प्रदिपकुमार लामिछाने, विदेश सचिबमा रोशना खड्का, अर्थ सचिबमा पिवन्त न्यौपाने सहित ६५ सदस्यीय केन्द्रिय समिति निर्वाचित भएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको महाधिबेसनको बन्द सत्र नेकपा एमालेका महासचिब शंकर पोखरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज