एलिशा डिसी

सल्यान ११, चैत । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा निर्वाचित भएका छन् । कर्णाली प्रदेश समितिको सोमबार सम्पन्न तेस्रो अधिवेशनले शर्मालाई अध्यक्ष चयन गरेको हो ।

अधिबेशनले खुल्ला उपाध्यक्षमा धर्मराज जिसी, उपाध्यक्ष उपेन्द्र प्रसाद न्याैपाने, महिला उपाध्यक्षमा तुलसा रोका निर्वाचित गरेको छ।

अधिवेशन बाट महासचिव असोककुमार सिंह, सचिवमा तिलकराज वली, नरजन तामाङ्ग, जुनाकुमारी रावत,प्रिमा कुमारी विश्वकर्मा (प्रेरणा) तुलाराज चौलागाइ (आकाश) र कोषाध्यक्षमा कृष्ण शर्मा निर्वाचित भएको निर्वाचन मण्डलका संयाेजक दिपेन्द्र शर्माले बताए ।
यसैगरी लेखासमिति संयोजक प्रचण्ड खत्री, सदस्यहरुमा गोविन्द विश्वकर्मा, विक्रम तिरुवा (सलिन), कल्पना रावत, सुनिल महरा, रमिता खड्का मगर, इन्द्रवहादुर वुढाथोकी, कालिवहादुर नेपाली, रमेश जैसी, टिकाराज उपाध्याय र राकेश विकलाई निर्वाचित भएका छन ।
प्रतिक्रिया