+
Search

ताजा अपडेट +

पपुलर +

सल्यानमा १५ दिने उद्यमशीलता विकास तथा फलफूल प्रशोधन तालिम सम्पन्न

सल्यानमा १५ दिने उद्यमशीलता विकास तथा फलफूल प्रशोधन तालिम सम्पन्न
कर्णाली खोज
१ महिना अगाडी

फागुन ९, सल्यान ।  सल्यानमा ‘एक जिल्ला, एक उत्पादन’ कार्यक्रम अन्तर्गत उद्यमशीलता विकास तथा फलफूल प्रशोधन तथा अचार बनाउने सीप विकास तालिम सम्पन्न भएको छ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, सल्यानको आयोजनामा १५ दिने तालिम सञ्चालन गरिएको थियो, जसमा ९ स्थानीय तहका १५ जना सहभागी भएका थिए।

तालिमका क्रममा २० प्रकारका अचार बनाउने विधि सिकाइनुका साथै फलफूल सङ्कलन, ग्रेडिङ, प्रशोधन, प्याकेजिङ, लेखा व्यवस्थापन, बजार विस्तार तथा उद्यमशीलता विकासका विषयमा प्रशिक्षण प्रदान गरिएको कार्यालय प्रमुख श्यामलाल खरालले जानकारी दिए।

तालिम समापन कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख असबिर बुढाथोकीले सल्यानमा पाइने जडीबुटी तथा कच्चा पदार्थहरूको भरपूर उपयोग गर्दै व्यावसायिकरूपमा अघि बढ्नुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले सीप सिकेर स्वरोजगार बन्ने अवसरबारे प्रकाश पार्दै अचार उद्योग सञ्चालन गरी आत्मनिर्भर बन्न सकिने कुरामा जोड दिइन ।

नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शिव डागीले उत्पादनलाई बजारसँग जोड्न आवश्यक रहेको बताउँदै व्यावसायिकरूपमा अघि बढ्न सहभागीहरूलाई आग्रह गरे।

तालिममा सहभागीहरूले सिकेको सीपलाई भविष्यमा आम्दानीको स्रोतका रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। समापन कार्यक्रमको सहजीकरण ध्रुव खत्रीले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज