सल्यान १२, वैशाख । हिमालयन बैंक सल्यान शाखाले शिवजन क्याम्पस सितलपाटी सल्यानमा वित्तीय साक्षरता सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

वित्तीय चेतना अभिबृद्धी मार्फत वित्तीय व्यबहारको दिगोपना र सबल वित्तीय वातावरणको विकासमा जोड दिन शुक्रबार जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा सहभागी विद्यार्थीहरू लाई वित्तीय शिक्षाको आवश्यकता र महत्त्वका बारेमा बैंकका शाखा प्रबन्धक गोविन्द कुमार काफ्ले र कर्मचारी मोहन डाँगीले प्रशिक्षण दिएका छन ।

कार्यक्रममा ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया