फागुन २३, सल्यान । प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन त्रिवेणी गाउँपालिका सल्यानका इञ्चार्ज कृष्णराज बुढाथोकी सो संगठन परित्याग गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनमा प्रवेश गरेका छन ।

शुत्रबार सल्यानको श्रीनगरमा आयोजित नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानको ११ औं जिल्ला अधिबेसन उद्घाटन समारोहमा बुढाथोकीले संगठन प्रवेश गरेका हुन । बुढाथोकीलाई नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय समिति सदस्य तथा सल्यान जिल्ला ईञ्चार्ज रत्न बहादुर बुढा र नेकपा एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेनले स्वागत गरेका थिए ।

संगठनका सल्यान जिल्ला अध्यक्ष विन्दुर केसीको अध्यक्षतामा सुरु भएको अधिबेसनको उद्घाटन सत्रमा नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय समिति सदस्य तथा सल्यान जिल्ला ईञ्चार्ज रत्न बहादुर बुढा प्रमुख अतिथि, राष्ट्रिय समिति सदस्य प्रेम बहादुर वली बिशिष्ठ अतिथि रहेका थिए भने प्रमुख वक्ताको रुपमा नेकपा एमाले सल्यानका अध्यक्ष भिमबहादुर सेनले सम्बोधन गरेका थिए ।

उद्घाटन सत्रमा नेकपा एमाले सल्यानका उपाध्यक्ष, ओज बहादुर बुढाथोकी, उपसचिब सनशिलता डिसी, गणेशमान सिंह, नेपाल राष्टिय शिक्षक संगठनका कर्णाली प्रदेश महासचिब अकबर पुन, नेकपा एमाले कुपरकोट अध्यक्ष मधु गिरी, छत्रेश्वरी अध्यक्ष ज्ञान बहादुर खड्का, शारदा अध्यक्ष महेश देवकोटा, कुमाख अध्यक्ष रेमन्त शर्मा लगाएत नेपाल शिक्षक महासंघ र नेपाल राष्ट्रिय शिक्षक संगठनका नेताहरुहरुले शुभकामना दिएका थिए ।
संगठनका सचिब लोक बहादुर बुढाले सहजिकरण गरेको उद्घाटन सत्र समापन पछि बन्द सत्र सुरु भएको छ । अधिबेसनले बन्द सत्रबाट नयाँ कार्यसमिति निर्वाचित गर्नेछ।
प्रतिक्रिया