वैशाख ४, सल्यान । स्वास्थ्य चौकी काभ्राको भवनको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको एक कार्यक्रमका बीच त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रावतले घरदैलो अगाडि सञ्चालमा आएको स्वास्थ्य चौकीको सेवा र सल्लाह लिई लाभान्वित हुन स्थानीयहरुलाई आग्रह गरेका छन ।

समुन्नतिको पहिलो आधार नै स्वास्थ्य भएकाले स्वस्थ नागरिक तयार गर्नको लागि स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर गाउँपालिका अगाडि बढिरहेको उनले बताए ।

वडा नं.१ का अध्यक्ष दल बहादुर बस्नेतको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष खिम बहादुर रावतको प्रमुख आथित्यता रहेको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष सीता खड्का पुन, प्रथम गाउँपालिका पूर्वअध्यक्ष मान बहादुर डाँगी, प्रथम उपाध्यक्ष करुणा खड्का, अतिथिहरुमा प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसी, गाउँपालिका प्रवक्ता तथा ४ नं. वडा अध्यक्ष छबिराज शर्मा, २ नं. वडा अध्यक्ष हस्त बहादुर राम्जा, वडा सदस्यहरु, स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ, महिला स्वास्थ्य स्वयमसेविकाहरु, लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।
स्वास्थ्य चौकी प्रमुख राजेश कुमार महतोको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन दिपक सुनारले गरेका थिए । कार्यक्रममा जग्गा दाता दोर बहादुर थापा र टिकाराम थापालाई पनि सम्मान गरिएको थियो ।
प्रतिक्रिया