+
Search

ताजा अपडेट +

पपुलर +

सल्यानका पेट्रोलपम्पहरूमा पेट्रोल अभावका विषयमा सर्वपक्षीय बैठक सम्पन्न

सल्यानका पेट्रोलपम्पहरूमा पेट्रोल अभावका विषयमा सर्वपक्षीय बैठक सम्पन्न
कर्णाली खोज
१ महिना अगाडी

फागुन ९, सल्यान । सल्यानका पेट्रोल पम्पहरूमा हुनेगरेको पेट्रोल अभावको विषयमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। बिहीवार जिल्ला प्रशासन कार्यालय सल्यानको आयोजनामा बैठक सम्पन्न भएको हो ।

बैठकमा सरोकारवाला पक्ष तथा पेट्रोल पम्प सञ्चालकहरूबीच सल्यानमा समयसमयमा हुने गरेको पेट्रोल अभाव र आपूर्तिको अवस्था सुधार गर्ने विषयमा गम्भीर छलफल भएको थियो। सहभागीहरूले पेट्रोल अभावका कारण उपभोक्ताहरूले भोग्नुपरेको समस्या उठाएका थिए।

बैठकमा पेट्रोल पम्प सञ्चालकहरूले पेट्रोलको नियमित आपूर्ति सुनिश्चित गर्ने तथा अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उपभोक्ताले आवश्यक समयमा पेट्रोल सहज रूपमा प्राप्त गर्ने व्यवस्था मिलाउने तथा सम्बन्धित निकायले नियमित अनुगमन गर्ने निर्णय भएको छ।

बैठक जिल्ला प्रशासन कार्यालय सल्यानकी प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा सल्यानका राजनीतिक दलका प्रतिनिधिहरू, सरकारी कार्यालयका प्रमुख, स्थानीय तहका कर्मचारी, नागरिक समाजका प्रतिनिधि, पत्रकार महासंघका पदाधिकारी तथा अन्य सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज