+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल सल्यानको अधिबेशन सम्पन्न, अध्यक्षमा बस्नेत निर्वाचित

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल सल्यानको अधिबेशन सम्पन्न, अध्यक्षमा बस्नेत निर्वाचित
कर्णाली खोज
१ महिना अगाडी

फागुन २४, सल्यान । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल सल्यानको अध्यक्षमा लोक बहादुर बस्नेत  निर्वाचित भएका छन । शनिबार सल्यान खलंगामा भएको महासंघको पाँचौं जिल्ला अधिबेशनबाट बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन ।

अधिबेशनले उपाध्यक्षमा धन बहादुर घर्ती, सचीवमा रुपक चन्द, सहसचिवमा ससन डाँगी, कोषाध्यक्षमा छविलाल बुढाथोकी सहित १५ सदस्य जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।

महासंघका कार्यवाहक अध्यक्ष शिशिर रिजालको अध्यक्षता भएको अधिबेशनमा नेकपा एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेनको प्रमुख आतिथ्यता रहेको थियो ।

अधिबेशनमा नेपाल निजामती कर्मचारी संगठन कर्णाली प्रदेश कोषाध्यक्ष धुर्व बहादुर खत्री, नेकपा एमाले शारदा नगरकमिटी अध्यक्ष महेश देवकोटा, कपुरकोट गाउँकमिटी अध्यक्ष मधुसूदन गिरी, महासंघका केन्द्रिय सदस्यहरू अमर राणा, रामप्रसाद भण्डारी र दिपा भट्टराईले शुभकामना सहित प्रशिक्षणात्मक मन्तव्य दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज