शंकर केसी

सल्यान, ८ चैत्र । एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटी सदस्य तथा कपुरकोट इन्चार्ज टोपेन्द्र के.सी. र जिल्ला कमिटी सदस्य कृष्ण बि.क. नेकपा (एमाले) मा समाहित हुनुभएको छ । शुक्रबार कपुरकोट गाउँपालिकामा सम्पन्न नेकपा एमाले कपुरकोटको छैटौं पूर्ण बैठकमा उहाहरुलाई पार्टीमा स्वागत गरिएको हो ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले सल्यान जिल्ला कमिटी अध्यक्ष भिम बहादुर सेन, कर्णाली प्रदेश कमिटी सदस्य घनश्याम शर्मा, जिल्ला कमिटी सचिवालय सदस्य तथा निर्वाचन क्षेत्र ‘ख’ का संयोजक ओम बहादुर बुढालगायतका नेताहरूको उपस्थिति रहेको थियो । नवप्रवेशी के.सी. र बि.क. ले पार्टीको सिद्धान्त, नीतिसँग प्रतिबद्ध रहेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यसै बैठकमा पार्टी सुदृढीकरण, संगठन विस्तार तथा आगामी रणनीति सम्बन्धमा छलफल गरिएको थियो । बैठकमा पालिका कमिटी अध्यक्ष मधुसूदन गिरिको अध्यक्षता रहेको थियो ।
बैठकमा जिल्ला कमिटी सदस्यहरु द्रोण के. सि., भिमा बुढाथोकी, अरुणा ओलि खत्री, मित्रलाल कठायत, ललिता गिरि, रुपलाल बुढाथोकी, पालिका कमिटी उपाध्यक्ष ईश्वर बुढा, पालिका कमिटी सदस्यहरु, ६ वटै वडा कमिटिका अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण कपुरकोट गाउँपालिका कमिटी उप- सचिव बेलमती बुढाले गर्नुभएको थियो ।
प्रतिक्रिया