+
Search

ताजा अपडेट +

पपुलर +

पत्रकार महासंघ सल्यानको अक्षयकोष व्यवस्थित गर्न समिति गठन

पत्रकार महासंघ सल्यानको अक्षयकोष व्यवस्थित गर्न समिति गठन
कर्णाली खोज
६ दिन अगाडी

सल्यान ३०, चैत । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सल्यानले शाखामा भएका सबै अक्षयकोषहरूलाई थप व्यवस्थित गर्न समिति गठन गरेको छ । आवश्यक कार्यविधिसहित काम गर्नको लागि अधिकार सम्पन्न पाँच सदस्यीय समिति गठन गरेको महासंघले जनाएको छ ।

सल्यानको प्रमुख नदी ‘शारदा नदी’ किनार भट्टाचौरमा अध्यक्ष डिल्लीराज रावतको अध्यक्षतामा सम्पन्न भएको दोस्रो पुर्ण बैठकले पुर्व अध्यक्ष प्रतीक इच्छुक शर्माको संयोजकतामा समिति गठन गरेको हो । जसको सदस्यमा शंकर केसी, (सल्लाहकार), शिवलाल डाँगी (उपाध्यक्ष), खकेन्द्र केसी (कोषाध्यक्ष), आशिष केसी (पुर्व सहसचिव) रहेका छन् ।

सचिव बुद्धिमान पुनद्धारा जारी विज्ञप्तीअनुसार महासंघको स्थापनाकालदेखि हालसम्मका सम्पूर्ण कार्यसमितिहरूको विवरण संकलन गरी कार्यालयमा लिपिबद्ध गर्ने बैठकले निर्णय गरेको छ ।

त्यस्तै स्थानीय तह, सरकारी कार्यालयहरू तथा सार्वजनिक निकायमा पत्रकारिताको नाममा भइरहेका वा सम्भावित विकृतिहरू विरुद्ध महासंघ सशक्त रूपमा अघि बढ्ने महासंघले निर्णय गरेको छ ।

लोककल्याणकारी विज्ञापनहरू जिल्लाभित्रका सञ्चार माध्यममा प्रकाशन÷प्रसारण गर्न प्रोत्साहन गर्ने कार्यमा लाग्ने र सुचनाको हक कार्यन्वयन र सार्वजनिक सूचना प्रवाहमा भइरहेको ढिलासुस्तीप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको सचिव पुनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज