+
Search

ताजा अपडेट +

पपुलर +

कालिमाटीमा अपांगता परिक्षण शिविर : सल्यक्रियाको लागि ६ जनालाई रिफर गरियो

कालिमाटीमा अपांगता परिक्षण शिविर : सल्यक्रियाको लागि ६ जनालाई रिफर गरियो
कर्णाली खोज
३ दिन अगाडी

भुम प्रकाश भण्डारी

सल्यान ८, वैशाख । सल्यानको कालिमाटी गाउँपालिकामा १ दिने स्वास्थ्य तथा शारीरिक अपांगता परिक्षण घुम्ती शिविर सम्पन्न भएको छ ।

कालिमाटी गाउँपालिका सल्यान र अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपाको साझेदारी तथा बि एन्ड बि अस्पताल ग्वार्को ललितपुरको समन्वयमा सोमबार  कालिमाटी गाउँपालिकाको रामपुर स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएको हो ।

शिविरमा विभिन्न खालको शारीरिक अपांगता भएका १८ बर्ष मुनिका ५८ जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको छ ।

अपांग परिक्षण शिविर बाट पहिचान गरि ८ जनालाई सहायक सामाग्री नापजाँच तथा बितरण र ६ जनालाई सल्यक्रियाको लागि रिफर गरिएको अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपाको कर्णाली इन्चार्ज होमराज केसीले बताउनु भयो।

कालिमाटी गाउँपालिका महिला विकास निरीक्षक तुलसी  घिमिरेको अध्यक्षतामा भएको घुम्ती शिविर कार्यक्रममा कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो भने उपाध्यक्ष सनशिलता वली डिसीको पनि आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दानबहादुर केसीले उपचार पाएपछि अपांगले पनि समाङ्ग सरह जीवन बाँच्न सक्ने र राष्ट्रले पनि स्वस्थ नगरिक पाउने भएकाले यस्ता शिविर महत्वपूर्ण हुने गरेको बताउनु भयो ।

त्यसैगरी आर्थिक विपन्नता र उपचारमा पहुँच नपाएर गाउँघरमा रहेका अपांग बालबालिकालाई पहिचान गरि उपचार गर्न पालिकाले विभिन्न निकाय सँग समन्वय गरेर यस्ता कार्यक्रमहरू संचालन गरिरहेको गाउँपालिका उपाध्यक्ष सनशिलता वली डिसीले बताउनुभयो ।

कार्यक्रममा अतिथीहरूमा प्रमुख प्रशासकीय अधिकृत हर्क बहादुर वली, वडा नं ३ का अध्यक्ष शिव बहादुर खत्री, अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपाका डाक्टर निरञ्जन थापा र पुनःस्थापना केन्द्रका कर्णाली प्रदेश इन्चार्ज होमराज केसी लगायतको अतिथ्यता रहेको थियो ।

कार्यक्रमको सहजीकरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोरख थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज