सल्यान १२, वैशाख । रुकुम पश्चिमको नुवाकोट बाट नेपालगंज तर्फ जादै गरेको लु २ ख ६२७१ नम्बरको यात्रुवाहक फोर्स गाडी दुर्घटना भएको छ।

शुक्रवार बिहान अन्दाजी १० बजेको समयमा सल्यानको बागचौर नगरपालिका ५, धारापानीमा गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा परि ५ जना यात्रु घाइते भएका छन । घाइते हुनेमा रुकुम पश्चिम मुसिकोट नगरपालिका १२ बस्ने डम्बर विक, चौरजहारी नगरपालिका १४ का हर्क विक,चौरजहारी नगरपालिका १४ कै लोकेन्द्र केसी,त्रीबेणी गाउँपालिका ८ कि हितैसी खड्का र उनकी ७ बर्षकी छोरी रहेको इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी निरीक्षक दाम प्रसाद श्रेष्ठले बताएका छन ।

घाइतेहरूमध्ये २ जनालाई टाउकोमा र बाँकीलाई हात खुट्टामा चोट लागेको छ । उनीहरुको सहज पोलिक्लिनिक प्रालि बागचौरमा उपचार भैरहेको छ ।
प्रारम्भिक जानकारी अनुसार ब्रेकफेल भएर गाडी दुर्घटना भएको र चालक बागचौर नगरपालिका ४ निवासी ईन्द्र बहादुर वली फरार रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया