सल्यान १२, वैशाख । सल्यानको शारदा नगरपालिकाले वैशाख १४ गते आइतबारदेखि विद्यार्थी भर्ना र पठनपाठन संचालन गर्न नगर भित्रका सबै सामुदायिक विद्यालयहरूलाई आग्रह गरेको छ ।

बुधबार, नगर प्रमुख प्रकाश भण्डारी द्वारा हस्ताक्षरित एक पत्र मार्फत नगरपालिकाले विद्यार्थी भर्ना र कक्षा संचालन गर्न सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीलाई अनुरोध गरेको हो ।

नयाँ शैक्षिकसत्र सुरु भएको ९ दिन व्यतीत भैसक्दा पनि विद्यार्थी भर्ना अभियान र पठनपाठन सुरु नभएकोले विद्यार्थी, अभिभावक र सरोकारवाला बाट व्यापक गुनासो आएकोले विद्यालय संचालन र पठनपाठन भए/नभएको विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक संघ, वडा कार्यालय र नागरिक समाज बाट अनुगमन हुने नगरपालिकाले बताएको छ ।

हेर्नुहोस पत्र :
प्रतिक्रिया