सल्यान, १० जेष्ठ । लोक तथा दोहोरी संगीतका चर्चित गायक भागिरथ चलाउनेको नयाँ गीत ‘बालै फरर’ युट्युब ट्रेन्डिङको सूचीमा प्रवेश गर्न सफल भएको छ। समाचार तयार पार्दासम्म यो गीत युट्युब ट्रेन्डिङको १८औं स्थानमा रहेको छ।
नेपाली लोकसंगीतमा छुट्टै पहिचान बनाएका गायक तथा संगीतकार भागिरथ चलाउने लामो समयपछि फरक शैलीमा नयाँ गीत लिएर आएका छन्। परम्परागत लोक शैलीभन्दा अलग, यसपटक उनले डान्सिङ बिटमा आधारित आधुनिक स्वादको गीत सार्वजनिक गरेका छन्।

गीतमा भागिरथलाई लोकप्रिय गायिका एलिना चौहानले स्वरमा साथ दिएकी छन्। शब्द सिर्जना दिपेन्द्र चलाउनेको रहेको छ भने संगीत भागिरथ स्वयंले संयोजन गरेका हुन्। “कोईले ले ल्याए गुण, भगवान कोईले ल्याए रुन… कालो गए गोरो आउँछ, गोरो गए कालो बालै फरर…” जस्ता लयात्मक र रमाइला शब्दहरूले गीतमा विशेष आकर्षण थपेको छ।

बिक्रम चौहानको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता बिक्रम बुढाथोकीको आकर्षक अभिनय हेर्न सकिन्छ।
‘बालै फरर’ गीत भागिरथ चलाउनेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। छोटो समयमै दर्शक तथा संगीतप्रेमीहरूको मन जित्न सफल यो गीत अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा बटुल्दैछ।
हेर्नुस् भिडियो
प्रतिक्रिया