फागुन ९, सल्यान । नेकपा (एमाले)को ३ महिने ‘जरा अभियान’ अन्तरगत सल्यानको त्रिवेणी गाउँपालिकामा टोल केन्द्रित कार्यक्रमहरू सुरु भएका छन । माघ बाट सुरु भएको जरा केन्द्रित अभियान अन्तरगत पालिका र वडा तहका कार्यक्रमहरू सम्पन्न गरेर टोल केन्द्रित कार्यक्रमहरू सुरु भएका हुन ।

अभियान अन्तरगत पालिका कमिटीको वैठक र वडा अधिबेशनहरू सम्पन्न भएका छन । अधिबेशन बाट त्रिबेणी गाउँपालिका वडा नं १ मा राम बहादुर पुनको अध्यक्षतामा १५ सदस्यीय, वडा नं २ मा लिले घर्तीको अध्यक्षतामा १५ सदस्यीय, वडा नं ३ मा तारा राणाको अध्यक्षतामा १५ सदस्यीय, वडा नं ४ मा घनश्याम पुनको अध्यक्षतामा १५ सदस्यीय, वडा नं ५ मा रेशम बोहराको अध्यक्षतामा २१ सदस्यीय र वडा नं ६ मा गणेश खड्काको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा (एमाले) त्रीबेणी गाउँकमिटी अध्यक्ष डिल्ली खड्काले बताए ।

अभियान अन्तरगत वडा नं १,२ र ६ को वैठक बसी टोल केन्द्रित कार्यक्रमको मिति तय गरिएको र अन्य वडाहरूमा पनि मिति तय गरेर कार्यक्रम संचालन गरिनुका साथै वडा नं १ को गोगने टोलमा हिरासिंह खडकाको अध्यक्षतामा १३ सदस्यीय टोल कमिटी गठन गरिएको उनले बताए ।

अभियान चैत अन्तिमसम्म संचालन हुने र पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन ३ महिने जरा (टोल) केन्द्रित अभियान संचालन गरिएको नेकपा ( एमाले) सल्यानका अध्यक्ष भिम बहादुर सेनले बताए ।
प्रतिक्रिया