पूर्णिमा डिसी

फागुन २५, सल्यान । राप्रपा लगायत राजावादी संघ संगठनहरूले नवीन राजनीतिक समझदारीका लागी तयार हुन दलहरूलाई आग्रह गरेका छन । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल बाहिर भेला भएका उनिहरूले यस्तो बताएका हुन ।

राजाको स्वागतमा विमानस्थल देखी निर्मल निवाससम्म र्याली निकालेका उनिहरूले दलहरू नवीन समझदारी गर्न तयार नभए जस्तोसुकै प्रिय अप्रिय विकल्पमा जानसक्ने चेतावनी दिए ।

निर्मल निवास बाहिर र्यालीलाई सम्बोधन गर्दै राप्रपा नेता ज्ञानेन्द्र शाहीले नवीन समझदारी मार्फत राजसंस्था पुनःस्थापना, प्रत्येक्ष कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेजी र वैदिक सनातन हिन्दुराष्ट्र कायम गर्न दलहरूलाई आग्रह गरे ।
राजावादीहरूको शक्ति प्रदर्शनमा हजारौंको सहभागिता रहेको थियो । उनिहरूले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, नारायणहिटी खाली गर, गणतन्त्र मुर्दावाद जस्ता नारा लगाएका थिए ।
पूर्वराजा शाहका गतिविधिले गणतन्त्र पक्षधर प्रमुख दलहरू सशंकित भएका छन ।
प्रतिक्रिया