पुर्णिमा डिसी

सल्यान २६, फागुन । आसन्न स्ववियु निर्वाचनमा सल्यानमा सत्ता गठबन्धनमा रहेका दलका विद्यार्थी संगठनहरू बिच गठबन्धन हुने भएको छ । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सल्यानमा नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेबिसंघ बिच गठबन्धन गर्ने सहमति भएको हो ।

सहमति अनुसार सल्यानका ७ मध्ये ३ क्याम्पसको नेतृत्व अनेरास्ववियु र ४ क्याम्पसको नेतृत्व नेबिसंघले लिने भएका छन । जस अनुसार सल्यान बहुमुखी क्याम्पस खलंगा , शारदा क्याम्पस शंखमुल र बनगाड क्याम्पसको नेतृत्व अनेरास्ववियुले लिने र जनकल्याण क्याम्पस थारमारे, शिवजन क्याम्पस शितलपाटी, कपुरकोट बहुमुखी क्याम्पस र फारुला बहुमुखी क्याम्पसको नेतृत्व नेबिसंघले लिने सहमति भएको हो ।

आइतबार भएको सहमतिमा नेकपा एमालेको तर्फबाट जिल्ला उपाध्यक्ष तथा जनसंगठन प्रमुख ओजबहादुर बुढाथोकी र नेपाली कांग्रेसको तर्फबाट जिल्ला सचिब प्रकाश भण्डारीले हस्ताक्षर गरेका छन भने अनेरास्ववियुको तर्फबाट कर्णाली प्रदेश कमिटी अध्यक्ष राजेश ओली, जिल्ला अध्यक्ष विशाल पुन र नेबिसंघको तर्फ बाट जिल्ला अध्यक्ष केशव डाँगीले हस्ताक्षर गरेका छन ।
प्रतिक्रिया