पूर्णिमा डिसी

सल्यान १२, चैत । नेकपा एमाले सल्यानले चैत १८ गते सदरमुकाम खलंगामा जनसभा गर्ने निर्णय गरेको छ । आइतबार बसेको नेकपा एमाले सल्यानको दोस्रो सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

गणतन्त्रका उपलब्धि बारे जनतालाई सुसूचित गर्ने र जनतामा छाएको निराशा चिर्ने उदेश्यले पार्टी केन्द्रको कार्यक्रम अनुसार जिल्ला पार्टीले चैत १८ गते जिल्लाव्यापी जनपरिचालन सहित जनसभा गर्ने निर्णय गरेको नेकपा एमाले सल्यानका उपसचिव तथा प्रचार विभाग प्रमुख गणेशमान सिंहले बताए ।

सचिवालय बैठकले जन परिचालन तथा जनसभा व्यवस्थापनको लागि नेकपा एमाले सल्यानका उपाध्यक्ष तथा जन संगठन विभाग प्रमुख ओज बहादुर बुढाथोकी संयोजक र उपसचिव गणेशमान सिंह सहसंयोजक रहेको समिति गठन गरेको छ ।
नेकपा एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षतामा बसेको बैठकमा नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा प्रदेश अध्यक्ष गुलाबजंग शाहले प्रशिक्षणात्मक मन्तव्य दिएका थिए ।
पार्टीका पालिका कमिटी अध्यक्षहरू समेतको उपस्थितमा बसेको बैठकमा प्रदेश कमिटी सदस्यहरूको पनि सहभागीता रहेको थियो ।
बैठकको सहजीकरण नेकपा एमाले सल्यानका सचीव पुष्पा कुमारी बोहराले गरेकी थिइन ।
प्रतिक्रिया