+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल उत्पीडित जातीय मुक्ती समाज छत्रेश्वरीको नयाँ कमिटी निर्माण

नेपाल उत्पीडित जातीय मुक्ती समाज छत्रेश्वरीको नयाँ कमिटी निर्माण
कर्णाली खोज
१ हप्ता अगाडी

सल्यान, २६ चैत । नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ती समाज छत्रेश्वरी गाउँपालिका कमिटीको दोश्रो पालिका सम्मेलनले नयाँ कमिटी निर्माण गरेको छ । मंगलबार भोटेचौरमा सम्पन्न सम्मेलनले अम्बर बिक अध्यक्ष रहेको १७ सदस्यीय पालिका कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो ।

जसको उपाधयक्षमा भुमा कुमारी विक, सचिवमा लक्ष्मी कुमारी सुनार, कोषाध्यक्षमा बालाराम विक, उपसचिवमा कमला नेपाली र अन्य सदस्यहरु रहेका छन् । सो अवसरमा काग्रेस पार्टी परित्याग गर्दै वडा नं ४ का कुश बहादुर डाँगी एमालेमा प्रवेश गरेको पालिका कमिटी सचिवालय सदस्य सागर नेपालीले जानकारी दिए ।

पदम विकको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य नेव बहादुर खड्का, जिल्ला कमिटी सदस्यहरु खडग शाही, धर्म विक, एमाले छत्रेश्वरीका अध्यक्ष ज्ञान बहादुर खड्का, नेपाल उत्पीडित जातीय मुक्ती समाज सल्यानका अध्यक्ष चुर्ण बहादुर विक लगाएतले मन्तव्य राख्दै दलित समुदायको सशक्तीकरणका लागि नवगठित कमिटीले प्रभावकारी भुमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । दलित समुदायमाथि हुने विभेद अन्त्यका लागि राज्यका सबै निकायहरूको सक्रिय भूमिका आवश्यक रहेकोमा वक्ताहरुले जोड दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज