सल्यान ११, वैशाख । सल्यानकाे बागचाैर नगरपालिकामा १९ औं लाेकतन्त्र दिवसकाे अवसरमा मानव अधिकार तथा शान्ति समाज सल्यानले दीप प्रज्वलन र नागरिक संवाद कार्यक्रम गरेकाे छ ।

मानव अधिकार तथा शान्ति समाज सल्यानका सभापति अङ्गेश्वर डाँगीकाे सभापतित्वमा बागचाैरमा दीप प्रज्वलन, नागरिक संवाद कार्यक्रमसंगै केन्द्रीय समितिले तयार गरेकाे अवधारणा पत्र वाचन गरिएको थियाे ।

कार्यक्रमका प्रमुख अतिथि बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले भ्रष्टचार र कुशासन लोकतन्त्रका प्रमुख सत्रु भएको भन्दै सुशासनले लोकतन्त्रलाई सुदृढ बनाउदै लैजाने बताउनुभयो । लोकतन्त्र माथी व्यवस्था विरोधीहरुले चौतर्फी प्रहार गर्न खोजेको भन्दै यसको परिवर्तन पक्षधरहरु अब एक ठाँउमा उभिएर उपलब्धीको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

मानव अधिकार तथा शान्ति समाज सल्यानका सभापति अङ्गेश्वर डाँगीले दलहरु नागरिकको समस्या समाधानमा भन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भएको भन्दै लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले विकास र सुशासनमा ध्यान दिँदै अवस्था सुधारको लागि केन्द्रित हुन दलहरुलाई अनुरोध गर्नुभयो ।
लोकतन्त्रको उपलब्धि महत्त्वपूर्ण रहे पनि नागरिकमा निराशा र असन्तुष्टि रहेकाले नेतृत्वदायी भुमिकामा रहेका सबै सचिएर जानुपर्ने कार्यक्रममा बाेल्ने वक्ताहरुकाे भनाइ छ ।
कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, अन्य जनप्रतिनिधि, क्रियशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, कर्मचारी, बुद्धिजिबी, व्यापारी, किसान, मजदुर, नागरिक समाज, पत्रकार, सुरक्षाकर्मी, मानव अधिकार तथा शान्ति समाज सल्यानका पदाधिकारी, सदस्य लगाएतकाे उपस्थिति रहेको थियो ।
प्रतिक्रिया