+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा (एस) सल्यान द्वारा प्रधानमन्त्री समक्ष ३१ बुदे माग, ‘सुशासन र रोजगारी’ प्राथमिकतामा

नेकपा (एस) सल्यान द्वारा प्रधानमन्त्री समक्ष ३१ बुदे माग, ‘सुशासन र रोजगारी’ प्राथमिकतामा
कर्णाली खोज
३ हप्ता अगाडी

सल्यान १९, वैशाख । नेकपा ( एकीकृत समाजवादी) सल्यानले प्रधानमन्त्री समक्ष ३१ बुदे माग पत्र पेश गरेको छ । पार्टीले शुक्रबार, सल्यानका प्रमुख जिल्ला अधिकारी सावित्रा देवी पुन मार्फत प्रधानमन्त्री समक्ष मागपत्र पेश गरेको हो ।

देशमा भ्रष्टाचार, गरिवी, बेरोजगारी र ढिलासुस्तीले विकास निर्माणले गति नलिएको, राजनीति प्रती बितृष्णा बढेर अराजकता लाई प्रसय दिएको, शान्ति सुरक्षा कमजोर बनेको र युवाहरू विदेश पलायन भएर गाउँ बस्ती खाली हुने क्रम बढेकोले ‘सुशासन र रोजगारी’ लाई प्राथमिकतामा दिएर काम गर्न मागपत्रमा भनिएको छ ।

मागपत्र बुझाउन पार्टीका जिल्ला कमिटी अध्यक्ष रमेश कुमार गौतममको नेतृत्वमा पुगेको टोलीमा केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज भद्रसिंह बुढा, सह इन्चार्ज हरी केसी, केन्द्रिय निर्वाचन आयोगका सदस्य इन्द्र शर्मा, केन्द्रिय लेखा आयोग सदस्य यौवन प्रकाश श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी सचीव प्रेम बहादुर डाँगी, सहसचिव मनबिर बस्नेत लगायत जिल्ला तहका नेताहरूको सहभागिता रहेको थियो ।

हेर्नुहोस मागपत्र :

   

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज