+
Search

ताजा अपडेट +

पपुलर +

एमाले नेता प्रदिप नेपालको निधन

एमाले नेता प्रदिप नेपालको निधन
कर्णाली खोज
२ हप्ता अगाडी

सल्यान २३, वैशाख । नेकपा (एमाले)का नेता प्रदीप नेपालको निधन भएको छ। नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको हो।

नेपाल नेकपा (एमाले)को ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री र त्यसपछि शिक्षामन्त्रीसमेत बनेका थिए।

लामो समयदेखि पार्किन्सन रोगबाट ग्रसित उनी पछिल्लो समय राजनीतिमा निष्क्रिय थिए।

‘सञ्जय थापा’को नामबाट प्रगतिशील साहित्य क्षेत्रमा चिनिएका नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगनेमा भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज