+
Search

ताजा अपडेट +

पपुलर +

गणतन्त्रको विकल्प खोज्नु भनेको पहरामा टाउको ठोक्नु जस्तै हो : अध्यक्ष, शाह

गणतन्त्रको विकल्प खोज्नु भनेको पहरामा टाउको ठोक्नु जस्तै हो : अध्यक्ष, शाह
कर्णाली खोज
२ हप्ता अगाडी

भुम प्रकाश भण्डारी

सल्यान १८, चैत । नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहले संघिय लोकतान्त्रीक गणतन्त्रको विकल्प खोज्नु भनेको पहरामा टाउको ठोक्नु जस्तै हुने बताएका छन ।

सोमबार नेकपा (एमाले) सल्यानले सदरमुकाम खलंगामा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

नेपाली जनताले १०४ बर्षे राणा शासन र २४० बर्षे शाह वंशीय शासन फालेको बताउदै उनले सघिय लोकतान्त्रीक गणतन्त्रबाट विमुख भएर कसैले पनी एकतन्त्रीय शासन व्यवस्था स्वीकार्न नसक्ने बताए ।

अब मुलुक पछाडि फर्किने नभई अझै अगाडि बढ्ने बताउदै उनले यदि कसैले यो व्यवस्थाको विकल्प खोज्छ भने पहरामा टाउको ठोकेजस्तै हुने बताए ।

राजनितिक दलहरु संघिय लोकतान्त्रीक गणतन्त्रलार्ई सुधार गरेर आउन पनि जरुरी रहेको उनको भनाई थियो ।

त्यस्तै सभालाई सम्बोधन गर्दै नेकपा एमाले सल्यानका अध्यक्ष भिमबहादुर सेनले राजा ज्ञानेन्द्रले प्रतिगामी काम गरेकोले जनताले फालेको र अव राजतन्त्र फर्किन खोजपनी फर्किन सम्भब नभएको बताए ।

जनताले संघर्ष गरेर ल्याएको गणतन्त्रको संस्थागत विकास गर्नुपर्ने उनको भनाई थियो ।

सभामा नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेस परित्याग गरि ८ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन ।

जिल्ला अध्यक्ष भिम बहादुर सेनको अध्यक्षतामा भएको जागरण सभामा नेकपा एमाले सल्यानका उपाध्यक्ष ओजबहादुर बुढाथोकीले स्वागत मन्तव्य मार्फत सहभागिलाई स्वागत गरेका थिए ।

सभालाई नेकपा एमाले कर्णाली प्रदेश कमिटि सदस्य घनश्याम शर्मा, नेकपा एमाले शारदा नगरकमिटि अध्यक्ष महेश देवकोटा, जिल्ला कमिटि उपसचिब द्वय गणेशमान सिंह र सनशिल्ता डिसी वलीले सम्बोधन गरेका थिए ।

विभिन्न मौलिक झाँकीहरु सहित सम्पन्न भएको सभाको उद्घोषण तथा सहजीकरण नेकपा एमाले जिल्ला कमिटि सल्यानकी सचिब पुष्पा कुमारी बोहराले गरेकी थिइन ।

सभामा जिल्लाभर बाट विशाल जनसहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज