भुम प्रकाश भण्डारी

सल्यान २७, फागुन । सल्यानको त्रिवेणी गाउँपालिका वडा नं ३ ढुङ्गीबजारमा अबैध रूपमा संचालन भैरहेको क्रसर उद्योगले स्थानीयलाई सास्ती हुने गरेको र पर्यावरणमा क्षति पुगेको भन्दै स्थानीय राजनीतिक दलहरूले बन्द गराउन माग गरेका छन ।

मापदण्ड विपरीत संचालन भैरहेको उक्त क्रसर उद्योगले ध्वनि प्रदुषण, जल प्रदुषण, वायु प्रदुषण गर्नुका साथै जथाभावी रुपमा शारदा नदि बाट गिट्टी बालुवा निकाल्दा सिचाइ कुलो र पर्यावरणमा समेत क्षति पुगेकोले तत्काल उत्खनन रोकि क्रसर बन्द गराउन माग गर्दै उनिहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, त्रिवेणी गाउँपालिका र वडा नं ३ को कार्यलय सल्यानमा ज्ञापनपत्र बुझाएका हुन ।

बालुवा वासिङ कम्पनीको रूपमा दर्ता भएर ‘बगेश्वरी एग्री ग्रेट प्रालि’ ले राजनीतिक संरक्षणमा उक्त स्थानमा क्रसर उद्योग नै चलाएको र नदिमा डोजर स्काभेटेर प्रयोग गरेर मनपरि दोहन गर्नेगरेको उनिहरूको आरोप छ ।
क्रसर उद्योग बाट पचास मिटरको दुरीमा माद्यामिक विद्यालय, बजार र सय मिटरको दुरीमा बर्थिङ सेन्टर, स्वास्थ्य चौकी, लुहाम सुर्खेत रोड र दुई वटा सामुदायिक वन रहेको र मापदण्ड विपरीत बालुवा गिट्टी उत्खनन गर्दा नदिको सतह घटी सिचाइ कुलोहरूमा समेत समस्या भएको उनिहरूले बताएका छन ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सावित्रा पुन
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले खोला नदिको जिम्मा स्थानीय सरकारलाई दिइएको र अनुगमनको जिम्मा जिल्ला समन्वय समितिलाई भएको हुदा उनिहरू सँग समन्वय गरेर अनुगमन गर्ने बताइन भने जिल्ला समन्वय समिति उपप्रमुख असबिर बुढाथोकीले उक्त उद्योगको उजुरी पहिला पनि आएको र मापदण्ड विपरीत संचालन भएकाले समन्वय प्रमुख आएपछि छलफल गरेर पुनः अनुगमन र निर्देशन गर्ने बताए ।

ज्ञापनपत्र बुझ्दै जिल्ला समन्वय समिति उपप्रमुख असबिर बुढाथोकी
त्यसैगरि ज्ञापनपत्र बुझ्दै डिभिजन वन कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख तथा वन अधिकृत अन्जना शर्माले उक्त उद्योग विरुद्ध विगतमा पनि पटकपटक उजुरी आएको, कार्यालय बाट पनि अनुगमन भएको र उक्त उद्योग कसैले पनि मापदण्ड अनुसार छ भन्न नसक्ने बताइन ।

ज्ञापनपत्र बुझ्दै डिभिजन वन कार्यालय सल्यानकी वन अधिकृत अन्जना शर्मा
त्यस्तै ज्ञापनपत्र बुझ्दै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख केशर कुमार न्यौपानेले उक्त उद्योग विरुद्धको उजुरी गृह मन्त्रालयसम्म पुगेको तर कुनै निर्देशन नआएकोले बन्द गराउन समस्या भएपनि जथाभावी नदि दोहन नियन्त्रण गर्ने काम प्रहरीको भएकाले सोही अनुसार स्थानीय प्रहरी निर्देशन दिएको बताए ।

ज्ञापनपत्र बुझ्दै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख केशर कुमार न्यौपाने
ज्ञापनपत्र बुझाउन स्थानीय राजनीतिक दलको तर्फ बाट नेकपा एमाले त्रिवेणीका अध्यक्ष डिल्ली खड्का, नेकपा माओवादी त्रिवेणी अध्यक्ष नेत्र बहादुर पुन, नेकपा एकिकृत समाजवादीका कृष्ण डाँगी, नेकपा(विप्लव) का प्रेम बुढा,बरिस्ठ कलाकार तथा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य खर्क बहादुर बुढा, नेकपा एमाले प्रदेश कमिटी सदस्य बुद्धि केसी, नेकपा एमाले जिल्ला कमिटी सदस्य डिल्ली केसी लगाएतको उपस्तिथि रहेको थियो ।
ज्ञापनपत्र पत्र :
प्रतिक्रिया