+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल हेभी इक्वीप्मेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघको बैठक सम्पन्न

नेपाल हेभी इक्वीप्मेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघको बैठक सम्पन्न
कर्णाली खोज
४ हप्ता अगाडी

सल्यान ०५, चैत । नेपाल हेभी इक्वीप्मेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघको बैठक सम्पन्न भएको छ । सोमबार संघको केन्द्रिय कार्यालय जय बागेश्री काठ्माण्डौंमा बैठक सम्पन्न भएको हो ।

देश निर्माणमा हेभि इक्वीप्मेन्ट अपरेटरहरुको महत्वपुर्ण  भुमिका हुने भएपनि राज्यले उनिहरुलाई नै थिचोमिचो गरेको र उनिहरुका समस्या समाधानमा वास्ता नगरेको बैठकले निष्कर्ष निकालेको छ ।

अपरेटरहरुले समयमा तलबभत्ता नपाएको र काम गर्दा गालीगलौज, पिटाई खानु परेकाले राज्यले उनिहरुको सुरक्षा र २५ लाख सम्मको बिमा गराईदिनु पर्ने लगायत माग सहित बैठकले १० बुदे घोषणा पत्र जारी गरेको छ ।

संघले अब अपरेटर र व्यवसायी बिच सम्झौता गरि काम गर्ने र अपरेटरहरुको फसेको पैसा असुल गर्न पहल गर्ने संघका महासचिब डिल्ली खड्काले बताए ।

बैठकले हेभि इक्वीप्मेन्ट अपरेटरहरुको समस्या समाधान र पेशागत हकहितमा देश बिदेशमा रहेका सम्पूर्ण अपरेटरहरुलाई एकजुट हुन आह्वान गरेको छ ।

संघको अध्यक्षमा सन्तोष कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राम कुमार तामाङ, महासचिब डिल्ली खड्का, उपमहासचिब टिका बहादुर विक र कोषाध्यक्षमा नरबहादुर आले मगर रहेका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज