फागुन २१, सल्यान । नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको छ । यसदिन नेप्से परिसुचक २५.१६ अंकले घटेर २८२१.१३ अंकमा अडिएको छ। नेप्से परिसुचक सँगै यसदिन कारोबार रकम पनि घटेको छ ।

नेप्सेमा आज ३०८ स्क्रिप्सको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर १० अर्ब ९७ करोड २६ लाख ५४ हजार ४७३ रुपैयाँमा खरिदबिक्री भयो।

नेप्से परिसूचक घटे तापनि तिन कम्पनीको सेयर भने सेयर सर्किट लेभलमा कारोबार भयो । समाज लघुवित्त, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र उन्नति सहकार्य लघुवित्तको सेयर सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा आज ९६ करोड ७० लाख बढीको सेयर कारोबार गर्दै हिमालयन रिइन्सुरेन्स शीर्ष स्थानमा रह्यो भने आज ट्रेडिङबाहेक सबै समूहका सूचक घटेका छन्। सबैभन्दा बढी फाइनान्स समूहको सूचक १.५७ प्रतिशतले घटेको छ।
प्रतिक्रिया