+
Search

ताजा अपडेट +

पपुलर +

सल्यानमा ३ महिने आधारभूत सिलाइ कटाई तालिम सम्पन्न, सत्र जना सहभागी

सल्यानमा ३ महिने आधारभूत सिलाइ कटाई तालिम सम्पन्न, सत्र जना सहभागी
कर्णाली खोज
२ हप्ता अगाडी

पूर्णिमा डिसी

सल्यान १४, चैत ।  उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यान र शारदा नगरपालिका सल्यानको साझेदारीमा संचालन भएको ३ महिने आधारभूत सिलाइ कटाई तालिम सम्पन्न भएको छ ।

शारदा नगरपालिका ११ मा विगत ३ महिना देखी संचालन भएको सिलाई कटाई सम्बन्धी आधारभूत तालिम कार्यक्रम बिहीबार समापन गरिएको छ ।

तालिममा १७ जना महिला प्रशिक्षार्थीहरूलाई प्रशिक्षक निम कुमारी थापाले सिलाईकटाई सम्बन्धी आधारभूत ज्ञान र सिपले प्रशिक्षित गरिकी थिइन ।

आधारभूत तालिम लिएपछि आफुहरूमा सिलाई कटाई गर्ने आत्मविश्वास बढेको बताउदै सहभागीहरूले व्यवसायीक रुपमा काम गर्न ड्रेस डिजाइन सम्बन्धी उच्च तहको तालिम माग गरेका छन ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका कार्यालय प्रमुख  श्यामलाल खरालको अध्यक्षता तथा शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटाको प्रमुख आतिथ्यतामा समापन भएको कार्यक्रमको अतिथिका रुपमा शारदा नगरपालिका १० का वडाअध्यक्ष कृष्ण बहादुर बोहरा , शारदा नगरपालिका ११ का वडा अध्यक्ष राजेश कुमार आचार्य, उद्योग कार्यालयका प्रशासकीय अधिकृत जनक खडका, शारदा नगरपालिका उद्यम बिकास सहजकर्ता सरिता थापा लगायतको उपस्थिति रहेको थियो ।

तालिम समापन कार्यक्रमको संचालन उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका सूचना अधिकारी ध्रुब बहादुर खत्रीले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज