एलिशा डिसी

सल्यान १७, चैत । सल्यानको त्रीवेणी गाउँपालिका वडा नंम्बर ५, का बाह्र जना युवाले ‘हाउस वाइरिङ तथा प्लम्बिङ’ सम्बन्धि आधारभूत तालिम लिएका छन ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको चालू आर्थिक बर्ष २०८१/०८२ को स्वीकृत सीप बिकास तालिम तथा रोजगार बिकास कार्यक्रम अन्तरगत उनीहरुलाई तालिम प्रदान गरिएको हो ।

पछिल्लो समय गाउँपालिकाका विभिन्न बस्तीहरुमा विद्युतीकरण र नयाँ डिजाइनका घरहरु निर्माण कार्य भैरहेको सन्दर्भमा वायरिङ र प्लम्बिङ्ग सम्बन्धि सिप आर्जनले स्थानिय स्तरमै रोजगारी पाइने र व्यवसाय सुरुगरी आत्मनिर्भर बन्न तालीमले सहयोग पुर्याएको भन्दै सहभागीले खुशी व्यक्त गरेका छन ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यान र त्रिबेणी गाउँपालिका सल्यानको साझेदारीमा संचालित हावस वायरिङ तथा प्लम्बिङ्ग सम्बन्धि उक्त आधारभूत तालिम आइतबार समापन गरिएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका कार्यालय प्रमुख श्यामलाल खरालको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमको प्रमुख अतिथि त्रिबेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, बिशिस्ट अतिथि त्रिबेणी गाउँपालिका ५ का अध्यक्ष बिमल रावत रहेका थिए भने कार्यक्रमको सहजीकरण कार्यालयका सूचना अधिकारी ध्रुब बहादुर खत्रीले गरेका थिए ।
प्रतिक्रिया