फागुन २४, सल्यान । नेकपा एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेनले कर्मचारीहरूलाई आस्थाको आधारमा विभेद गर्न नहुने बताएका छन ।

शनिबार सल्यान खलंगामा आयोजित राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल सल्यान र नेपाल स्वास्थ्य प्राबिधिक संघ सल्यानको जिल्ला अधिबेशनको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै अध्यक्ष सेनले यस्तो बताएका हुन ।

केही स्थानीय सरकारका प्रतिनिधिहरूले फरक विचारमा आस्था राख्ने कर्मचारीहरूलाई आस्था राखेकै आधारमा दुख दिने गरेको बताउदै उनले त्यस्तो विभेद गर्न नहुने र आफू स्थानीय सरकारको प्रमुख भएको बेला समेत त्यस्तो नगरेको उनले बताए ।

कर्मचारीहरू दविएर बस्दा झनै दमन हुने भन्दै उनले खुलेर आफ्नो आस्था प्रकट गर्नु र समृद्ध नेपाल सुखी नेपाली बनाउन स्वास्थ्यकर्मीहरू भुमिका महत्त्वपूर्ण हुने भएकाले नेकपा एमालेमा आस्थावान स्वास्थ्यकर्मीहरू अरु भन्दा अब्बल भएर सेवा दिनुपर्ने उनले बताए ।
प्रतिक्रिया