फागुन २४, सल्यान । नेपाल स्वास्थ्य प्राविधिक संघ सल्यानको अधिबेशन सम्पन्न भएको छ । शनिबार सल्यान खलंगामा अधिबेशन सम्पन्न भएको हो ।

अधिबेशनले अध्यक्षमा नवराज आचार्य, उपाध्यक्षमा हुमा थापा मगर, छबिलाल बुढाथोकी, सचीवमा कमल खड्का, सहसचिवमा मनिषा खड्का, कोषाध्यक्षमा गिता शर्मा रिजाल र सदस्यहरूमा नोखा केसी, हिमा रावत र एन्जिला भण्डारीलाई निर्वाचित गरेको छ ।

संयुक्तरुपमा भएको अधिबेशनको अध्यक्षता राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शिशिर रिजालले गरेका थिएभने नेकपा एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेनको प्रमुख आतिथ्यता रहेको थियो ।

अधिबेशनमा नेपाल निजामती कर्मचारी संगठन कर्णाली प्रदेश कोषाध्यक्ष धुर्व बहादुर खत्री, नेकपा एमाले शारदा नगरकमिटी अध्यक्ष महेश देवकोटा, कपुरकोट गाउँकमिटी अध्यक्ष मधुसूदन गिरी, महासंघका केन्द्रिय सदस्यहरू अमर राणा, रामप्रसाद भण्डारी र दिपा भट्टराईले शुभकामना सहित प्रशिक्षणात्मक मन्तव्य दिएका थिए ।
प्रतिक्रिया