+
Search

ताजा अपडेट +

पपुलर +

आगलागीमा परेर सल्यानमा एक जनाको मृत्यु 

आगलागीमा परेर सल्यानमा एक जनाको मृत्यु 
कर्णाली खोज
१ महिना अगाडी

प्रकाश भण्डारी

सल्यान  १, चैत । सल्यानमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । शुक्रवार दिउसो करिब २ बजे तिर आफ्नै खरबारीमा लागेको आगोमा परेर जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ३ तिमिलेचौरका ६५ वर्षीय प्रेम बहादुर बस्नेतको मृत्यु भएको हो ।

मृतक बस्नेत श्रीमती सहित आफ्नै खरबारीमा घाँस काट्न गएको र भिरालो खरबारीमा घाँस काटेर ओर्लन नसकेपछि श्रीमतीले गाउँलेहरूलाई बोलाउन गएको बेला आगलागीमा परेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख केशर कुमार न्यौपानेले बताए ।

खरबारीमा कसरी आगो लाग्यो भन्नेबारे अनुसन्धान भैरहेको र मृतकको पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा शव ल्याइएको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज