पुर्णिमा डिसी

सल्यान ०२, चैत । सल्यानको छत्रेश्वरी गाउँपलिका वडा नं ५ को कार्यालयले आसन्न एसइइ परिक्षामा वडाका विद्यालयहरू बाट चार जिपिए ल्याउने विद्यार्थीलाई पचास हजार पुरस्कार दिने घोषणा गरेको छ ।

शुक्रवार वडाका विद्यालयहरूमा आयोजित बिदाई कार्यक्रमहरूमा सहभागी हुँदै वडाध्यक्ष फौद बहादुर बस्नेतले यस्तो घोषणा गरेका हुन । यस अघि विद्यार्थीहरूलाई एसइइमा अभ्यस्त बनाउन छत्रेश्वरी ५ मा वडा स्तरीय एसइइ नमुना परिक्षा बनाइएको थियो ।

छत्रेश्वरी ५ बाट यस बर्ष महेन्द्र माबि पाखापानीका २५ र त्रिभुवन जनता माबि चौरपानीका २५ जना विद्यार्थीहरू सहभागी हुदैछ्न । यही चैत्र ८ गते देखि एसइइ परिक्षा सुरु हुदै छ ।
प्रतिक्रिया