भुम प्रकाश भण्डारी

सल्यान ०२, चैत । सल्यान बहुमुखी क्याम्पस सल्यानमा अखिल क्रान्तिकारीको तर्फ बाट उम्मेदवार बनेका २ उम्मेदवारले उम्मेदवारी फिर्ता लगेका छन ।

क्रान्तिकारीको तर्फ बाट कोषाध्यक्ष पदका उम्मेदवार सुनिता थापा र सदस्य पदका उम्मेदवार करुणा शाहीले शनिबार एक विज्ञप्ति मार्फत उम्मेदवारी फिर्ता लिएको सार्वजनिक गरेका छन ।

उनिहरूले चैत ५ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेबिसंघको गठबन्धनलाई सहयोग गर्ने घोषणा गरेका छन ।
सल्यान क्याम्पस खलंगामा नेपाली कांग्रेस र नेकपा एमालेकाे गठबन्धनबाट अनेरास्ववियुका विशाल पुन, माओवादी निकट अखिल क्रान्तिकारीबाट सितल कुँवर र विप्लव निकट अखिल (समाजवादी) बाट राजेन्द्र खड्काको सभापतिमा उम्मेदवारी रहेकाे छ।
प्रतिक्रिया