+
Search

ताजा अपडेट +

पपुलर +

सल्यानमा सूचनाको हक कार्यन्वयन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न

सल्यानमा सूचनाको हक कार्यन्वयन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न
कर्णाली खोज
३ हप्ता अगाडी

सल्यान ७, चैत । सल्यानमा सूचनाको हक कार्यन्वयन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिवार जिल्ला हुलाक कार्यालय सल्यानको आयोजना र जिल्ला प्रसाशन कार्यालय सल्यानको समन्वयमा जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला स्थित स्थानीय तह र सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारी र पत्रकारहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सूचनाको हक सम्बन्धि संवैधानिक र कानुनी प्रावधान, सूचनाको हकको प्रयोग, सूचना प्राप्त गर्ने बिधि र सूचनाको हक सम्बन्धि सार्वजनिक निकायको दायित्व सम्बन्धमा जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत चिन्तामणी रेग्मीले प्रकाश पारेका थिए ।

जिल्लामा सूचनाको हक प्रयोगको अवस्था कमजोर रहेको, सूचना अद्यावधिक नगर्ने, समयमा सूचना नदिने, कानुनले तोकेको भन्दा तल्लो वरियताको कर्मचारीलाई सूचना अधिकारी तोक्ने जस्ता समस्या रहेको बारे सरोकारवालाले चासो राखेका थिए ।

जिल्लामा सूचनाको हक प्रयोग सम्बन्धि शिक्षा अभाव भएकाले कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले आउने दिनहरूमा जिल्लाभर सूचनाको हक सम्बन्धि नागरिक शिक्षा चलाउने बताइन ।

कतिपय अवस्थामा सूचनाको हक दुरुपयोग गर्दै दवाव सिर्जना गर्ने प्रवृती पनि देखिएको सहभागी सूचना अधिकारीहरूले बताएका थिए ।

सुशासन र पारदर्शिताको लागी सूचनाको हकको सहि प्रयोग र कार्यान्वयन हुन जरुरी रहेको सरोकारवालाहरूले बताएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज