+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका एक वृद्धको लडेर मृत्यु

राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका एक वृद्धको लडेर मृत्यु
कर्णाली खोज
२ हप्ता अगाडी

एलिशा डिसी

सल्यान १४, चैत । राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रसाशन कार्यालय सल्यान पुगेका एक वृद्ध सेवाग्राहीको लडेर मृत्यु भएको छ ।

बिहीवार, दिउसो कार्यालयको तल्लो तलाको डोकामा अढेस लाग्न खोज्दा लडेर घाइते भएका सल्यान जिल्ला बागचौर नगरपालिका ७, टाट्के बस्ने ७० बर्षिय टीकाराम ओलीको मृत्यु भएको हो ।

टाउकोमा चोट लागी गम्भीर घाइते भएका उनलाई उपचारको लागी तत्कालै जिल्ला अस्पताल सल्यान पुर्‍याइएको थियो ।

उपचारको क्रममा डाक्टरले उनलाइ मृत घोषणा गरेको र अहिले मृतकको शव जिल्ला अस्पताल सल्यानमै राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज