सल्यान १७, चैत । नेकपा (एमाले) सल्यानले चैत १८ गते सदरमुकाम खलंगामा आयोजना गरेको जागरण सभाको सम्पूर्ण तयारी पूरा भएको छ । चैत ११ गते बसेको पार्टीको जिल्ला कमिटी सचिवालय बैठकले तय गरेको जागरण सभाको सम्पूर्ण तयारी पुरा भएको हो ।

जनतामा छाएको निराशा चिर्न र गणतन्त्रका उपलब्धी बारे जनतालाई सुसूचित गर्न आयोजना गरिएको जागरण सभाकाे सम्पूर्ण तयारी पुरा भएको नेकपा (एमाले) सल्यानकी सचिब पुष्पा कुमारी बोहराले बताईन ।

सदरमुकाम खलंगाको टुडिखेलमा हुने जागरण सभाको लागी जिल्लाका सम्पूर्ण पालिकामा जनपरिचालन गरिएको र सभामा पार्टी सदस्य र जनप्रतिनिधिहरु सहित हजारौं जनताको सहभागिता हुने पार्टीले जनाएको छ ।

सभालाई नेकपा एमालेको केन्द्रिय सदस्य एवं सल्यान जिल्ला इञ्चार्ज गोविन्द पुन र कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह लगाएत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
जिल्लाका सवै पालिका बाट र्याली खलंगा आईपुगेपछि दिउसो ११ बजे देखी सभा सुरु हुने बताइएको छ ।
प्रतिक्रिया