पूर्णिमा डिसी

सल्यान २३, चैत । नेकपा (एकीकृत समाजवादी) सल्यानको नवौं जिल्ला अधिबेशन सम्पन्न भएको छ ।

सदरमुकाम खलंगाको कवर्ड हलमा चैत २० गते उद्घाटन भएर २१ गते सम्पन्न भएको अधिबेशन बाट जिल्ला कमिटी अध्यक्षमा रमेश कुमार गौतम सर्वसम्मत निर्वाचित भएका छन ।

अधिबेशनले पार्टीको जिल्ला कमिटी उपाध्यक्षमा क्रमशः टेक वहादुर वली, कल्पना सेजवाल, सचिवमा प्रेम बहादुर डाँगी र उपसचिवहरू मनविर वस्नेत, जित प्रशाद आचार्य र गाेविन्द डाँगी सहित ६७ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।
पार्टीका केन्द्रिय बरिस्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा अधिबेशन उद्घाटन भएको थियो ।
अधिबेशनलाई केन्द्रिय उपाध्यक्ष प्रकाश ज्वाला, केन्द्रीय सचिव क.चन्द्र वहादुर शाही, प्रदेश अध्यक्ष क.ठगेन्द्रप्रकाश पुरी, केन्द्रीय सदस्य कमरेडहरू उदय वहादुर वाेहरा, भद्रसिह वुढा, लाेक वहादुर डागी, शारदा परियार, प्रेमा अधिकारी, हरि केसी लगायत निवर्तमान अध्यक्ष रामकुमार खड्कीले मार्गनिर्देशन गरेको पत्रकार सम्मेलन मार्फत पार्टीले जनाएको छ ।
प्रतिक्रिया