पूर्णिमा डिसी

सल्यान १६, चैत । नेकपा (एकिकृत समाजवादी) सल्यानले पार्टीको नवौं जिल्ला अधिबेसनको लागी लोगो सार्वजनिक गरेको छ । शनिबार, सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गर्दै पार्टीले लागो सार्वजनिक गरेको हो ।

लोगोमा जिल्लाको अग्लो लेक कुमाख, कुपिन्डे ताल, छत्रेश्वरी मन्दीर, खैरावाड मन्दीर लगायतका प्रमुख पर्यटकिय स्थलहरु समावेश गरिएको छ ।

अधिबेसनमा जिल्ला भरीबाट ४५० जना प्रतिनिधिको उपस्थिति हुने र अधिबेसनको उद्घाटन पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले गर्ने तय भएको जिल्ला सचिब रमेश कुमार गौतमले बताए ।
‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मुल नाराका साथ चैत २० र २१ गते सदरमुकाम खलंगामा नवौं अधिवेशन सम्पन्न गर्ने उक्त पार्टीले बताएको छ ।
लोगो :
प्रतिक्रिया