एलिशा डिसी

सल्यान १६, चैत । नेपाल निजामती कर्मचारी संगठन सल्यानको बृहत बनभोज तथा २०८२ को क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार सल्यानको प्रसिद्ध पर्यटकिय स्थल कुपिण्डे तालमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लोकसेवा आयोग बाट सिफारिस भएर आएका एक दर्जन बढी कर्मचारीलाई बधाई सँगै संगठनमा स्वागत गरिएको बताइएको छ ।

उक्त कार्यक्रममा संगठनका निबर्तमान अध्यक्ष ध्रुब बहादुर खत्रीलाई दोसल्ला र सम्मानपत्र प्रदान गरि सम्मान गरिएको थियोे भने सल्लाहकार समितिको संयोजक प्रेम बहादुर डाँगी र सदस्यहरू धर्मराज डाँगी र विशाल अर्याललाई बधाई सहित सम्मान गरिएको थियोे ।
नेपाल निजामती कर्मचारी संगठन सल्यानका अध्यक्ष डिल्ली बहादुर घर्तीको अध्यक्षता, नेकपा एमाले सल्यानका उपाध्यक्ष ओज बहादुर बुढाथोकीको प्रमुख आतिथ्यता र नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सल्लाहकार मोहन गिरीको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै कार्यक्रममा संगठनका कर्णाली इन्चार्ज तुलाराम गिरी, सह इन्चार्ज टंक प्रकाश लामिछाने, केन्द्रिय सदस्यहरु , प्रदेश कार्यसमितिका पदाधिकारीहरु, संगठनका सुर्खेत अध्यक्ष सीता कडेल, पेशागत महासंघ सल्यानका अध्यक्ष बिष्णु भण्डारी, बुद्धिजीवी परिषदका अध्यक्ष मोहन खडका, नेपाल स्वास्थकर्मी महासंघ सल्यानका अध्यक्ष लोक बहादुर बस्नेत र संगठनका पालिका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस निकट नेपाल स्वास्थकर्मी संघ सल्यानका सह सचिब गणेशमान डाङ्गीले पद त्याग गरी नेपाल निजामती कर्मचारी संगठनमा प्रबेश गरेका छन ।
नेपाल निजामती कर्मचारी संगठन सल्यानको वनभोज र क्यालेन्डर बिमोचन कार्यक्रम सँगै कर्णाली प्रदेश कार्य समितिको प्रथम पदाधिकारी बैठक पनि कुपिन्डेमा बसेको छ ।
बैठक ७ बुँदे कुपिण्डेदह घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ ।
हेर्नुहोस घोषणापत्र :
प्रतिक्रिया