+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिकी चार्टर जहाज मार्फत अवैध नेपाली आप्रवासीहरु नेपाल फर्काइए

अमेरिकी चार्टर जहाज मार्फत अवैध नेपाली आप्रवासीहरु नेपाल फर्काइए
कर्णाली खोज
१ महिना अगाडी

फागुन २१, सल्यान । अवैधरुपमा बसोबास गरिरहेका ८ जना नेपाली आप्रवासीहरुलाई अमेरिकाले मार्फत नेपाल फर्काएको छ ।

अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दोषि ठहर भएका उनिहरुलाई अमेरिकाले चार्टर जहाज मार्फत बुधबार नेपाल फर्काएको हो ।

गैरकानुनी तरिकाले अमेरिका बस्दै आएका उनिहरु मध्ये केहिलाइ त्यहाँको अध्यागमन मामिला हेर्ने अदालतले निष्कासन गर्ने फैसला सुनाएको थियो भने केही गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ परेका थिए।

अमेरिकामा डोनाल्ड ट्रम्पले गत जनवरी २० मा राष्ट्रपतिको सपथ लिएसँगै गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति उनी आक्रामक बनेका छन्। त्यस्ता आप्रवासीहरूलाई ट्रम्प प्रशासनले धमाधम अमेरिकाबाट निष्कासन गरिरहेको छ।

अवैध आप्रवासी नेपालीहरूलाई लिएर पहिलोपटक अमेरिकी चार्टर जहाज काठमाडौं आएको हो ।अघि अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसीई)ले अवैध नेपालीहरूलाई विभिन्न एयरलायन्सबाट नेपाल फर्काउने गरेको थियो।

इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टको रिपोर्टअनुसार अमेरिकामा अवैधरूपमा बसोबास गर्ने नेपालीहरू बढी निशानामा पर्दै आएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

कर्णाली खोज